Aarthikaina
चेम्बरको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औँ वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरे ।

Manakamana Cable Car

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्विर्राष्ट्रियमा नीलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

11-1712667032.jpg
७३ औं वार्षिक साधारण सभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनितबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update