डीपी खनालको शब्द र बिक्रम राईको संगीतमा ‘यि आँखालाई’ रिलिज (भिडियो)

काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डीपी खनालको शब्द रचना र बिक्रम राईको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।
मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।
भिडियोलाई म्युजिक जक्सन नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यसअघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।
गीतको भिडियो हेर्नको लागि तल लिंक दिइएको छ:
Mansour Shouman Beneficiaries V4 (youtube.com)
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० २२:२१
प्रतिक्रिया दिनुहोस्