Aarthikaina
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुँदै छ । राखेपले आफ्नो ६० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मनाउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विभिन्न ६ विधामा १८ अवार्ड प्रदान गरिने छ । सिनियर÷जुनियर समान २–२ गरी ४ खेलाडी, ८ कर्मचारी (२ करार कर्मचारीसहित), १ पारा खेलाडी र २ खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान १–१ स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई पनि सम्मान गरिने छ ।

Manakamana Cable Car

सदस्य–सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएदेखि वार्षिकोत्सवमा थप नयाँ विधाको अवार्ड थप गरिएको थियो । खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानिय तह अवार्ड ५९ औं संस्करणदेखि थपिएको हो ।

कार्यक्रममा वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको आकर्षक प्रस्तुती रहने छ । कार्यक्रम अपरान्ह ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update