Aarthikaina
नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक अफरहरू

काठमाडौं । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल–नयाँ नोट’ नामक विशेष अफर लिएर आएको छ । जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्ने छन् । 

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ नि:शुल्क वा रेड्मी वाच ३ एक्टिभ ३४ सय ९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्ने छन् जसको वास्तविक मूल्य पाँच हजार छ सय ९९ रुपैयाँ हो । त्यसैगरी रेडमी नोट १३  खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ  नि:शुल्क पाउने छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन प्रकारका फोनहरु उपलब्ध छन् । रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी ।

शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु हुने यो अफरको फाईदा उठाउनका लागि ग्राहकहरुले बैशाख ९ गतेभित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विशेष अफरमा रेड्मी नोट १३ सिरिजका कुनैपनि स्र्माट फोनको खरिदमा ग्राहकवर्गले रेड्मी बड्स ४ एक्टिभ नि:शुल्क प्राप्त गर्न सक्ने छन् । साथै, रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ नि:शुल्क वा रेड्मी वाच ३ एक्टिभ ३४ सय ९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्ने छन् जसको वास्तविक मूल्य पाँच हजार ६ सय ९९ रुपैयाँ हो ।

मूल्य तथा उपलब्धता
रेड्मी नोट १३:

मूल्य: रु २४,९९९ (६/१२८ जिबि), रु २७,९९९ (८/२५६ जिबि) 
मिडनाइटब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू 

रेड्मी नोट १३ प्रोः 
मूल्य: रु ३४,९९९ (८/२५६ जिबि), रु३९,९९९ (१२/५१२ जिबि) 
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

रेड्मी नोट १३ प्रो प्लस ५ जिः 
मूल्य: रु ४७,९९९ (८/२५६ जिबि), रु ५२,९९९ (१२/५१२ जिबि) 
मिडनाइट ब्ल्याक, मुनलईटह्वाइट र औरोरा पर्पल 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update