Aarthikaina
सिटिजन्स बैंकद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शनिबार नि:शुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरहरूमा करिब तीन सय जनाभन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए ।

बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं.६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिकसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य परीक्षणका साथै नि:शुल्क औषधी वितरण गरिएको थियो । यसैगरी, कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जि.पी.मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update