Aarthikaina
 नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान(इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदसहित सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले वाफ महिला च्याम्पियनसिपको फस्ट रनर अप खेलाडीलाई बधाई तथा शुभकामना दिँदै देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताए । 

Manakamana Cable Car

1-(1)-1711941265.JPG
खेलकुद विकासका लागि देश अगाडि बढ्न सके धेरै सम्भावना बोकेको हुँदा नेपालको खेलकुद क्षेत्र क्रमश: व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको बताउदैँ उनले देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताए । त्यस्तै, उनले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने र यो वस्तुगत धरातललाई आत्मासाथ गर्दै खेलकुद क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बक्सिङ संघका अन्तरराष्ट्रिय निर्देशक तथा एनएफएसका संस्थापक श्याम अवालेले देश संघीय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता भएकोले व्यक्तिले आफनो धार्मिक आस्थाको अवलम्बन गर्न पाउने स्वतन्त्रता संविधानले समेत ग्यारेन्टी गरेको हुँदा पुनरुत्थान दिवसको अवसरमा आयोजित यस सुसमाचारिय सभाले राष्ट्रमा धार्मिक एकता, मेलमिलाप र शान्तिको सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा नेपाल व्याप्तिष सेमिनारीका प्रिन्सिपल डा.जोन नारायण राईले नेपाली चर्चले नेपालको विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा परमेश्वरको राज्यलाई विश्व सामु जित्नुपर्ने बताए । कार्यक्रमका अध्यक्ष वेन्जी थापाले खेलकुदको क्षेत्रबाट चर्चको विकास सम्भव देखिदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र, समुदायसँग हातेमालो गर्दै देशभर यसलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिए ।

एनएफएसका संयोजक लबिस राईले चर्च भित्र खेलकुद क्षेत्रको विकास गर्न सके सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार पार्ने हुँदा नेपाली चर्चहरुले खेलकुद विकासका लागि सुसमाचारको रणनीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको उल्लेख गरे । उनले नेपाली चर्च खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब नेपाली चर्चहरु पनि त्यसतर्फ गम्भीर बन्नु पर्ने बताए ।

कार्यक्रममा गायक राजेश राई इस्टर सम्बन्धी गित र हास्य कलाकार कुमार सुनामले आफनो प्रस्तुती दिएका थिए । स्पोर्टस फेलोसिपका अध्यक्ष वेन्जी थापाको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका प्रचण्ड शर्मा र आर्थिक पशासन प्रमुख रिखीराम पोखरेल, एन्फाका पदाधिकारी, ओलम्पिक कमिटिका सदस्यहरु, ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिहरु र खेलकुदका विभिन्न २९ विधाका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र खेलप्रेमीको बाक्लो सहभागीता रहेको सो कार्यक्रमको कुशल संचालन एनएफएसका सचिव प्रकाश पाख्रीनले गरेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update