Aarthikaina
रास्वपाले घोषणा गर्यो इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार
Manakamana Cable Car

काठमाडौं । आगामी बैशाख १५ गते हुन लागेको उपनिर्वाचनको लागि रास्वपा(राष्ट्रिय प्रजातन्त्र पार्टी)ले मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । शनिबार इलाममा कार्यक्रम गरी सभापति रवि लामिछानेसहित इलाम पुगेर रास्वपाले लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको हो ।

इलाम २ मा बैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए । उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका थिए । 

लिम्बू यसअघि पत्रकार थिए । उनी नेकपा(माओवादी केन्द्र) निकट थिए । तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update