Aarthikaina
आयरल्यान्ड वल्भ्सलाई एक खेल अगावै टि-२० सिरिज

काठमाडौं । आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्ध जारी ३ खेलको टि-२० सिरिज एक खेल अगावै जितेको छ । शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको जित निकाल्दै आयरल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।

यो सँगै आयरल्यान्डले तीन टि-२० शृंखला २-० ले आफ्नो पक्षमा बनाएको छ । सिरिजको अन्तिम खेल सोमबार हुनेछ ।  आयरल्याण्डले जितको लागि दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.१ ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।

Manakamana Cable Car

नेपाल ‘ए’का लागि देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

आयरल्यान्डका बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिएका थिए । फिओन ह्यान्ड र थोमस मेयरले समान २/२ विकेट लिएका थिए । म्याथ्यू फोस्टर र ग्यारेथले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्ड वल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । आयरल्यान्डका लागि कप्तान निल रक र पिजे मुरले अर्धशतक प्रहार गरेका थिए ।

निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित ७१ रनमा नटआउट रहेका थिए । फिओन ह्यान्डले ११ बलमा २ छक्कासहित नटआउट १९ रनको योगदान दिएका थिए । ओपनर जेम्स मक्कलम १३ बलमा ३ चौका र २ छक्कासहि २६ रन जोड्दै आउट भएका थिए । अर्का ओपनर रस अडेर पनि १७ रन जोड्दै सागरकै शिकार बनेका थिए ।

स्टेफन डोहनी ४ रनमा र केड कार्माइकल १ रनमा आउट भएपछि आयरल्यान्ड ६६-४ को स्थितिमा पुगेको थियो । त्यसपछि पिटर मुरले कप्तान निल रकसँग ६१ रनको साझेदारी गरेका थिए । पुर् २६ बलमा ३ चौका र ७ छक्काको आक्रामक इनिङ खेल्दै बाउन्ड्रीमा समातिएका थिए ।

ग्यारेथ डेलानी १० रनमा आउट भएका थिए । नेपाल ‘ए’का लागि सागर ढकालले सर्वाधिक ३ विकेट लिएका थिए । कमल ऐरी र पवन सर्राफले समान १/१ विकेट हात पारेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update