Aarthikaina
नेपाल टी-२० मा स्पट फिक्सिङ अभियोग लागेका खेलाडीले पाए सफाइ

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङमा दावी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिएका हुन् ।

Manakamana Cable Car

गत वर्ष काठमाडौँमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि थियो । पक्राउ परेका ३ खेलाडी पछि धरौटीमा छुटेका थिए ।

गत वर्ष ९ देखि २७ पुसमा काठमाडौँको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरेको थियो ।

गत वर्ष नै तीन लाख रुपैयाँ धरौटीमा छुटेका उनीहरूबारे सोमबार फैसला आउँदा सफाइ पाएका हुन् । महबुब आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको अभियोग पत्रमा दाबी गरिएको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो । प्रहरीले फिक्सिङमा संलग्न भएको दावी गरेका नवीन कँडेल र रवि माझी फरार थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update