Aarthikaina
रियलमी नार्जाे एन५३ अब नयाँ भेरियन्टमा
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्ट फोन ब्राण्ड रियलमीको रियलमीनार्जाे एन५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । कम्पनीका अनुसार आकर्षक मूल्यसहितको यस रियलमीनार्जाे एन५३ को मूल्य १७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । पाँच हजार एमएएचको ब्याट्री रहेको यस स्र्माट फोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । ७.४९ एमएम मोटाइ भएको नार्जाे एन५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको एक रहेको दाबी गरेको छ भने यस स्र्माट फोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रो फोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।

युनिसक टाइगर टी६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी, चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागिमा लीजी–५७ जीपीयू रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update