Aarthikaina
तेन्जिङ र पञ्चमाया ओपन लिड क्लाइम्बिङको च्याम्पियन

काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा भएको मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् । कामनापा वडा नम्बर १६ कालधारा पकनाजोलमा स्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिवार भएको एकदिने प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र पञ्चमाया महिलातर्फ च्याम्पिय बनेका हुन् ।

पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अंक स्कोर गरर्दै नगद २० हजार र विभिन्न गिफ्ट ह्याम्पहरु जिते । यस्तै दोस्रो भएका साजन लामाले ५६ अंक स्को गर्दै नगद १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले नगद ५ हजार रगिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अंक स्कोर गरेका थिए ।

Manakamana Cable Car

महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार र गिफ्टह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकील् स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार नगद र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरिन् ।

खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । जमा ३ विदेश खेलाडी समेत सहभागि थिए ।

पहिलो चरणमा क्वालिफिकेसन राउण्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा ८ पुरुष र ८ महिला खेलाडीबीच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएससी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिएको थियो भने नेपाल आरोहण खेलकूद संघ (एनसीएसए) ले पनि मान्यता दिएको थियो । प्रतियोगिताको प्राविधिक सहयोगिको रुपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ रहेको थियो ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपाल बरोहण खेलकुद संघका अध्यक्ष हरि धरेल, मुसा मसला संस्थापक अध्यक्ष माइक म्याकलिन, आयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले लगायत पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रुपमा अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वोङ्छु पिक प्रोमोसन रहेको थियो । प्रतियोगिताको अन्य प्रायोजकहरुमा स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरलाई प्रायोजन गर्दै आईरहेको ईटालियन ब्राण्ड स्कार्पा रहेको थियो भने अन्य सह प्रायोजकहरुमा ब्ल्याक डायमण्ड, बीइएल, क्याजुअल एसजी, टक्यो पाउडर इन्डस्ट्रिज, इन्फिनिटी वेयर्स, बज्र फिटनेस, पाङ्ग्रो र पेरिपिङ्कल सर्भिसले सहयोग गरेका थिए । यस्तै कन्ट्रिबुसन प्रायोजकको रुपमा फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ, हस्पिटालिटी पार्टनरको रुपमा ल्यान्डमार्क होटेल एण्ड रिसोर्ट, मेडिकल पार्टनरको रुपमा स्टार हस्पिटल र सेक्युरिटि पार्टनरको रुपमा भिजन सेकुरिटिज थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update