Aarthikaina
रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा
Manakamana Cable Car

काठमाडौं । तेश्रो भ्याली पब्लिक कप अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार रिपु मर्दिनी  क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको हलमा रिपु मर्दिनीले बाल विकासलाई ५-१ तथा ओमलाई ५-० ले पराजित गर्यो । क्वार्टरफाइनलमा रिपु मर्दिनीले प्रशान्तीको सामना गर्नेछ ।

अन्य क्वार्टरफाइनल सनराइज र बाल विकास, साम्तेन र फ्युजन तथा वेदव्यास र श्रृष्टि ज्ञानबीच हुनेछ । आइतबार कुनै खेल हुने छैन । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update