Aarthikaina
नामिबियामाथि नेपालको रोमाञ्चक जित

 काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ ।

नेपालले जितको लागि दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितको लागि १२ रन चाहिएको अवस्थामा करण केसीले बलिङ गरेका थिए ।

सुरुवाती २ बलमा सिंगल दिएपछि करणले तेस्रो बलमा ग्रीनलाई बिट गरे । चौथो बल फ्याँक्ने क्रममा वाइड भयो । त्यसपछि ग्रीनले सिंगल लिए । पाँचौ बलमा करणले ट्रम्पलम्यानको विकेट लिए । अन्तिम बलमा स्कोल्जले चौका प्रहार गरेपनि नेपाल ३ रनको जित निकाल्न सफल भयो ।

Manakamana Cable Car

जोहान्स जोनाथन स्मिटले ५० रन बनाएको इनिङ्समा जान फ्राइलिन्कले ३७ रनको योगदान गरेका थिए । जिन पियरे कोट्जेले २५ रन बनाएका थिए । नेपालका करन केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहोराले एक विकेट लिएका थिए ।

त्यसअघि, पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो योगफलतर्फ पुर्याए ।

६४ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ्स मल्लले सम्हालेका थिए । आक्रामक सुरुवात गरेका कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित अविजित ५४ रनको योगदान दिएका थिए ।

आरिफ शेखले २४ बलमा ४ चौकासहित ३१ रन बनाएको इनिङ्समा ओपनर अनिल साहले २३ रन बनाएका थिए । गुलसन झाले २६ रनको योगदान गरेका थिए। कप्तान रोहित ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भएका थिए ।

दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे का थिए। करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किएका थिए ।

यसअघि, नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रन तथा दोस्रो खेलमा नेदरल्याड्ससँग २ रनले हारेको थियो। जितसँगै नेपालले २ अंक जोडेको छ ।

नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update