Aarthikaina
रियलमीको मेमोरी च्याम्पियन सि५१ अब नयाँ भेरिएन्टमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा सार्वजनिक भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि५१ को मूल्य १४ हजार चार सय ९९ रुपैयाँ रहेको छ । 

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सि५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि५१ मा शक्तिशाली पाँच हजार एमएएचको ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुने जनाइएको छ । 

कम्पनीका अनुसार रियलमी सि५१ मा ४ जिबीसम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । साथै, १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । रियलमीको ४+६४ जीबी स्टोरेज भेरिएन्ट पनि १३ हजार चार सय ९९ रुपैयाँमा बजारमा उपलब्ध छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update