Aarthikaina
बीवाईडी ‘वर्ल्ड कार अवार्ड २०२४’को शीर्ष तीनमा पर्न सफल
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । विद्युतीय कार निर्माता बीवाईडी ‘वर्ल्ड कार अवार्ड २०२४’को शीर्ष तीनमा परेको छ । स्वीट्जरल्यान्डको जेनेभामा फेब्रुअरी २६ मा आयोजित मोटर शोमा बीवाईडीका मोडल सिल र डल्फिनले ‘वर्ल्ड कार अफ द इयर’ र ‘वर्ल्ड अरबन कार’ श्रेणीको शीर्ष तीन स्थान हासिल गरेका हुन् ।

वर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने आफू पहिलो र एक मात्र चिनियाँ कार निर्माता बनेको कम्पनीले जनाएको छ । वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर विश्वभरका अटो निर्माताबीच परिचित अवार्ड हुन् । अटोमोटिभ ओस्कर समेत भनिने वर्ल्ड कार अवार्डमा पुग्नुको कारण गाडीको असाधारण प्रदर्शन नै भएको कम्पनीको भनाइ छ ।

बीवाईडीको सिल ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणमा पुगेको थियो । सन् २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै बीवाईडी यस मामिलामा दोस्रो विद्युतीय कार निर्माता बनेको थियो । कम्पनीले सात महादेशका ७० देश र चार सयभन्दा बढी सहरमा सेवा विस्तार भएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update