Aarthikaina
पहिलो इन्द्रेणी पर्यटन सम्मेलन हुँदै

काठमाडौं । विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलन २०२४ अप्रिल २० र २१ मा छाया सेन्टर नजिकै एलफ्ट होटेलमा हुन लागेको हो ।

सम्मेलनमा सहभागी हुनका लागि मायाको पहिचान नेपालले रजिस्ट्रेसन खुल्ला गरेको छ । सहभागीहरूले www.mayakopahichan.com/participate लिङ्कमा क्लिक गरेर फर्म भर्न सक्नेछन् ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

नेपालमा इन्द्रेणी पर्यटनको सम्भावनाबारे मायाको पहिचान नेपालले निरन्तर छलफल गरिरहेको जनाएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)सँगको सहकार्यमा मायाको पहिचान नेपालले समावेशी(रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्श सम्पन्न गरिसकेको छ । 

पर्यटन बोर्डले समावेशी(रेन्बो) पर्यटन प्रवद्र्धनका लागि पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत नियुक्त गरेको छ । सांस्कृतिक दूत नियुक्त पन्त विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको न्याय र समानतासँगै रेन्बो पर्यटन प्रवद्र्धन गर्ने अभियानमा लागेका छन् । 

उनका अनुसार नेपाल विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वागत गर्ने तयारीमा जुटेको छ । सांस्कृतिक दूत नियुक्त पन्तले गरिबी निवारण, आर्थिक संवृद्धिका लागि इन्द्रेणी पर्यटन महत्त्वपूर्ण बन्ने बताए । उनका अनुसार नेपालमा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि विभेद छैन । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि फ्रेण्ड्ली वातावरण छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीका लागि हनिमुन डेस्टिनेसन नेपाल हुन सक्ने पन्तले बताए ।

साथै, नेपाल दक्षिण एसियामै इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको छ । माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा विवाह दर्ता गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update