Aarthikaina
इसेवाको दुई लाख जितेर डबल लखपति बन्ने मौका 

काठमाडौं । इसेवाले फेरि ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा दुई लाख जितेर डबल लखपति बन्ने मौका पाउने छन् । 

इसेवाका ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफरमार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाई जहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाइजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको छ । यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप दुई लाख रूपैयाँ प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ । 

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि कम्पनीले ल्याएको छ । आन्तरिक हवाइजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७ हजारसम्मको फुल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् । साथै, यस अफरअन्तर्गत तीन वा बढी आन्तरिक हवाइजहाजको टिकट बुक गर्दा सबैले तीन सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । जसका लागि प्रोमो कोडमा ‘यात्रा ३००’ प्रयोग गर्नुपर्नेछ । 

त्यस्तै, इसेवामार्फत् होटल बुक गर्दा प्रोमो कोडमा ‘होटल २००’ प्रयोग गरी सबैले दुई सय रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता दुई जनाको दरले) अफर अवधिमा सय प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ । प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेजमार्फत् घोषणा गरिनेछ । 

साथै प्रोमो कोडमा ‘यात्रा ५०’ प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले ‘यात्रा १००’ प्रोमो कोडको प्रयोगमा १०० रूपैयाँ क्यास्ब्याक पाउन सक्नेछन् । त्यस्तै, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म एक हजार पाँच सय रूपैयाँसम्म क्यास्ब्याक (पाँच प्रतिशतको दरले) प्राप्त गर्न सकिनेछ । 

कम्पनीका अनुसार यो अफर फागुन १३ गतेदेखि चैत १३ गतेसम्म लागू हुने छ । यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको छ । सेवाग्राहीले क्यासब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ । हाल इसेवाका देशभर करिब दुई लाख ३० हजारभन्दा बढी संख्यामा एजेन्ट सञ्जाल रहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update