Aarthikaina
गह्रुङ्गो मृत्युले बनेको विप्लभ अधिकारी चोक

मान्छे जन्मन्छ र एक दिन मृत्युवरण गर्छ, यो शाश्वत सत्य हो । मृत्युको कारण जे पनि हुन सक्छ तर कसैको मृत्यु सिमलको भुवा भन्दापनि हलुको हुन्छ । जसरी कि उ जन्मन्छ, संसारका ८ अर्ब मानिस जन्मिरहेका छन् । आम मानिसले जस्तै खान्छ पिउँछ, नित्य कर्म गर्छ । उ मोटाउछ, दुब्लाउछ । सिमित मानिसहरुका बीच उ रमाउँछ दुःखी हुन्छ, रोग भोक र शोकमा दुब्छ दुबाउँछ र एक दिन अस्ताउँछ र संसारबाट बिलाउँछ । तर, अर्को मृत्यु हुन्छ, जीवनका हरेक पल समय अर्काको लागि, समाज, राष्ट्र र दुनियाँकै लागि असल कर्म गर्छ । कर्म गर्दागर्दै उसले अरुले भन्दा नमूनायोेग्य कर्म गर्दछ र उसको मृत्युले गहु्रँङगो छाप छोड्ने गर्दछ । यस्ता थोरै नमूनायोग्य कर्म गर्नु भई मृत्युवरण गर्ने व्यक्तित्वहरु मध्येका एक हुन, स्व.विप्लभ अधिकारी पनि ।

त्यसैले त उनको नाउँमा समाजका टोलबासीहरु समेत मिलेर ललितपुरको तिखेदेवल थसिखेल मार्गमा पर्ने चोकलाई विप्लभ अधिकारी चोक घोषणानै गरिदिए । ललितपुरको कुसुन्ती नजिकको सो चोकलाई विप्लभ अधिकारी चोक नामाकरण गर्नुको पछाडी सर्वेभवन्तु सुखिन सर्वेसन्तु निरामयाको ठुलो दर्शन लुकेको छ । 

१९ वर्षीय विप्लभ अधिकारीले आफ्नो ज्यानको समेत प्रवाह नगरी आगोको लप्काबाट निकालेर स्थानीय एक वृद्ध दम्पतिलाई बचाउन सकेको एउटा उदाहरणीय कर्म लुकेको छ त्यो विप्लव अधिकारी चोकको नाउँ घोषणामा । ती युवकले घर जलिरहेको आगोको लप्काबाट वृद्ध दम्पतिलाई त निकाले तर उनी आफैं भने आगोको त्यो लप्काबाट उम्कन सकेनन् । उनले गहु्रंगो मृत्युवरण गरे । 

Manakamana Cable Car

घटना २०७८ साल फागुन १ गतेको हो । यस घटनालाई अन्य परिवारले भए एउटा दुर्घटना ठानी रोनाधोना र काजकृया गरेर सिध्याईदिन्थे होला तर “स्व.विप्लभ अधिकारीको स्मृतिमा उहाँका पिता ठाकुरनाथ अधिकारी र माता विन्दा अधिकारीले डक्टर पढ्दै गरिरहेका छोराको पढाईका लागि छुट्याएको २० लाख रुपैयाँको उद्धार तथा राहत कोष” स्थापनाको घोषणा गरिदिनु भयो । उहाँले सरकारले जसरी किडनी, क्यान्सरपीडितलाई दिए जस्तै जलनका विरामीलाई पनि निश्चित रकम उपचार अनुदान दिन आव्हान पनि गर्नु भयो । 

विप्लभ अधिकारीको घर रहेको टोलको चोकलाई ‘‘विप्लभ अधिकारी चोक” घोषणा गरि गुगलमा सर्च गर्दा देखिने बनाईयो । कोषका संरक्षक समेत रहनुभएका योगदानी व्यक्तित्व स्व.विप्लभ अधिकारीका पिता ठाकुरनाथ भन्नुहुन्छ, जलनको उपचार आर्थिक रुपले मात्र होईन कि दीर्घकालीन पिडादायी हुँदोरहेछ । छोरा विप्लभले जस्तो अन्य जलनका विरामी र आफन्तले पीडा भोग्नु नपरोस भनि आफूले सानै भएपनि कोष खडागरी प्रयास थालेको बताउनुभयो ।

सो कोषमा आगोको लप्काबाट बच्न सफल लिम्बु दम्पतिबाट पाँच लाख रुपैयाँ र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले दिनुभएको एक महिनाको सांसद रकम ५० हजार रुपैयाँ समेत गरी २५ लाख ५० हजार रुपैयाँको अक्षय कोष खडा गरिएको थियो । असल कर्म गरेर गहु्रँङगो मृत्युवरण गर्नुहुने व्यक्तित्व विप्लभको नाउँमा स्थापित कोषमा योगदान पुर्याउनुहुनेहरु बढ्दो छ ।

पहिलो स्मृति सभाबाट तीन जलनका बिरामीलाई राहत प्रदान

विप्लभ अधिकारी स्मृति सदनको पहिलो साधारणसभा २०८० फागुण १ गते मंगलबार एक विशेष समारोहबीच आयोजना गरियो । सो अवसरमा कीर्तिपुर जलन अस्पतालमा उपचारत तीन जना आर्थिक रुपले विपन्न जलन प्रभावित विरामीका लागि ७५ हजार रूपैयाँ उपचार सहयोग प्रदान गरियो । उपचाररत जलन प्रभावित व्यक्तिहरू रामकुमार चौधरी, देवकी बुढा र अनुष्का विष्टलाई जनही २५÷२५ हजारका दरले उपचार सहयोग प्रदान गरिएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जलन प्रभावित बिरामीको उपचार र स्वास्थ्य सहजताका लागि नगरपालिकाबाट गर्न सक्ने हरेक प्रयासभित्र कीर्तिपुर अस्पतालमा लिफ्ट राख्न बजेट छुट्टयाइएको बताउनु भयो । उहाँले विप्लभ अधिकारी स्मृति सदनसँग सहकार्य गरी जलन प्रभावित बिरामीका लागि सहयोग पुग्ने कार्य, तालिम, शैक्षिक गतिविधिमा एक्यवद्ध भई कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । 

सो अवसरमा सांसद डा.चन्द्र भण्डारीले आगलागीको घटनामा पर्दा आफ्नी  आमालाई गुमाउनुपरेको स्मरण गर्दै स्वदेशमा उपचार सेवाको अभावमा आफूलाई बाहिर लगिएको बताउनु भयो । नेपालमै अस्पताल र स्वास्थ्य जनशक्ति तयार होस भन्ने चाहेको भन्दै उहाँले जलन उपचार एकदम पिडाडदायी र खर्चिलो पनि भएकोले स्वर्गवासी राजा विरेन्द्रलगायत राजपरिवारको नाम, दाम र जग्गा सदुपयोग गरि सुविधासम्पन्न जलन अस्पताल निर्माणमा लगानी गर्न सकिने जनाउनु भयो । उहाँले किर्तिपुर जलन अस्पतालका निर्देशक डा.शंकर राईले सिमित साधन श्रोतका बाबजुत पनि ३० हजार जनाभन्दा बढी जलनका बिरामीलाई निस्वार्थ सेवा पुर्याउनु भएकोमा राष्ट्रिय सम्मान दिदैं जलन उपचारमा नयाँ पिंढीका चिकित्सकहरुलाई प्रोत्साहित गर्नुपर्ने र घोषित विर अस्पतालको जलन अस्पताललाई जतिसक्दो चाँडो संञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री तथा रास्वपाकी सांसद तोषिमा कार्कीले नेपालमा जलन प्रभावित बिरामी उपचारका लागि जनशक्ति र अस्पतालमा आवश्यक जलनका मेशिनरी सामग्रीको कमीलाई पूरा गर्न राज्यस्तरबाट छिट्टै पहल थाल्ने प्रयासमा आफू लागेको बताउनु भयो । उहाँले आफू पनि सर्जन भएको हुँदा जलनको दुर्घटनाबाट कसरी बच्ने र उपचार गर्ने बारे विद्यालयस्तरदेखिनै पढाउने ब्यवस्था गर्न गराउन आफनो प्रयास रहने स्पष्ट पार्नु भयो ।

विप्लभ अधिकारी स्मृति सदनका कोषाध्यक्ष पुजन बस्नेतले २५ लाख  ५० हजार रूपैयाँबाट प्राप्त ब्याजबाट जलन प्रभावित तीन जनालाई यस वर्ष  सहयोग भएको र आगामी वर्ष राहत कोषमा ललितपुर महानगरपालिकाले प्रदान गरेको महागौरव पुरस्कार अन्र्तगतको एक लाख रूपैयाँलगायतका रकम पनि थप्र्दै लगिने सदनको लक्ष्य रहेको स्पष्ट पार्नुभएको थियो ।  जलनको पिडा खप्न नसकि समयमा उपचार नपाएकै कारण अकालमा मृत्युवरण गर्न बाध्यहरुबाट ज्ञान लिई अब चाहीँ देशभित्र जलनका बिरामीले पीडा भोग्नु नपरोस र देशभित्रै उपचार पाउन सकोस भन्ने प्रयासमा विप्लभ अधिकारी स्मृति सदन कृयाशिल रहने सो प्रथम सभामा प्रतिवद्धता जनाएको थियो । समष्टिगतरुपमा भन्नुपर्दा शोकलाई जलन बिरामीका लागि रचनात्मक कर्ममा बदल्ने प्रतिवद्धता उक्त सभाबाट सिक्न सकिन्छ । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update