Aarthikaina
‘एनसेल एप’ नयाँ भर्सन संचालनमा

काठमाडौं । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै एनसेलले आफ्नो एप अझै परिस्कृत गरी थप ग्राहकमैत्री बनाएको छ । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको हो । 

ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरू मार्फत् एपलाई अपडेट गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूले उक्त एप सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् । मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरूले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो भएको कम्पनीले जनाएको छ । 

Manakamana Cable Car

ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरूको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् । यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरूको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफूलाई मनपर्ने प्याकहरूलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन् । 

कम्पनीका अनुसार मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँछ । यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरू सम्बोधन गरिएका तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्दछ । छोटो वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरूका लागि पनि यो एप एकदमै सहयोगी रहेको छ । किनकी एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरू किन्ने कार्यहरू गर्दै विदेश भ्रमणका बेला पनि सहज रूपमा सम्पर्कमा रहिरहन सक्छन् । 

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ । यो स्थानीय नेपाली आइटी प्रतिभाको प्रमाण हो । यो एपले डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउछ । एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको छ । खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ । 

त्यसैगरी, पिआरबिटी सदस्यतालाई सहज बनाइँदैछ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउन आवश्यक कामहरू भइरहेको कम्पनीले बताएको छ । सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरू हुन् । केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको करसहित १५० रूपैयाँमा सुरू हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुरू गर्न सक्छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update