Aarthikaina
इन्भेष्टमेण्ट मेगा बैंकको थली र कमलविनायकमा शाखा विस्तार
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । 

बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं.१० मा कमलविनायक शाखा विस्तार गरेको हो । सिईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । 

हाल बैंकले देशभरी दुई सय ७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखा रहित बैंकिङ र दुई सय ६४ वटा एटिएममार्फत् सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update