Aarthikaina
नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा रहेको जानकारी दिन ‘नेसनल कलेज फेयर’ 

काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले ‘नेसनल कलेज फेयर’ २३ फेब्रुअरी २०२४ मा सम्पन्न गरेको छ । अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा नेपालमा नै छ र विद्यार्थी तथा अभिभावकहरूले आफ्ना छोराछोरीलाई नेपालमै स्नातक वा स्नातकोस्तर अध्ययन गर्न/गराउन सकिने कुराको जानकारीको लागि उक्त फेयर आयोजना गरिएको हो । 

उक्त मेलामा एस कलेज अफ म्यानेजमेन्ट, किंग्स कलेज, प्रेसिडेन्सियल कलेज, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, द ब्रिटिश कलेज, एकेडेमी अफ कलिनरी आट्र्स, सफ्टवारिका कलेज, काठमाडौं स्कूल अफ आट्र्स, नेम इन्स्ट्रिच्युट, भाइब्रेन्टले आफ्ना शैक्षिक कार्यक्रमहरूका बारेमा जानकारी दिएका थिए । 

Manakamana Cable Car

राष्ट्रिय कलेजहरू र विश्वविद्यालयका कार्यक्रमहरूले पनि विदेशी कलेज वा विश्वविद्यालयहरू जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्ने र आफ्नै देशमा स्तरीय उच्चशिक्षा प्राप्त गर्ने चाहनाबाट कोही पनि बञ्चित नहोउन् भन्ने आशयका साथ यो कार्यक्रम आयोजना गरिएको कलेजले बताएको छ । प्रिमियर इन्टरनेसनल स्कुलले विद्यालयस्तरमा एकेडेमिक प्रस्फुटनका प्रयासहरू निरन्तर रूपमा गर्दै आइरहेको बताएको छ ।

उक्त जानकारीमूलक सामूहिक छलफलमा प्रा.डा.कृष्णा पोखरेल(डिन, बि.पि.के.आइ.एच.एस.), प्रा.डा.विनोद कृष्ण श्रेष्ठ(एसोसिएट डीन कुसम), प्रा.हिरेन्द्र प्रधान(ए.इ.सि.ओ.एन.), प्रमोद पौडेल(क्याम्पस प्रमुख, सफ्टवारिका कलेज)ले नेपालमै भएका अवसरहरूको बारेमा छलफल गरे र विश्वविद्यालयस्तरको शिक्षाका चुनौतीहरू र समाधानका उपायहरूका बारेमा पनि छलफल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update