Aarthikaina
सन नेपाल लाइफ इन्स्योरेन्सले २५.०५ प्रतिशत लाभांश दिने
Manakamana Cable Car

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश गरी कूल २५.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रूपैयाँ रहेको छ । बोनस वितरणपछि उक्त पुँजी तीन अर्ब ९६ करोड १६ लाख रूपैयाँ पुग्नेछ ।  

यस्तै, कम्पनीका अनुसार बोनस सेयर वितरणपछि कायम हुने चुक्त पुँजीको २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश हुने छ । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update