Aarthikaina
छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

 

काठमाडौँ, १२ फागुन : नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको छ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ ।” नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update