Aarthikaina
माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवा सुरु
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने छन् ।

यस भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनुपर्ने छैन । यो सेवाबाट देशभित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४सैँ घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सकिनेछ ।

साथै, सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update