Aarthikaina
हिमालयन बैंकको टेकु अस्पतालमा नगद संकलन काउन्टर
Manakamana Cable Car

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । नगद संकलन काउन्टर सञ्चालनसम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार अस्पतालसँगको सम्झौता अनुसार यहि फागुन ९ गतेदेखि काउन्टर सञ्चालनमा ल्याइएको छ । अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको काउन्टरबाट सार्वजनिक बिदाका दिनका साथै २४सैँ घण्टा सेवा प्राप्त हुने बैंकले जनाएको छ ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update