Aarthikaina
एसबिआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । 

भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका दौरान वृक्षारोपण गरिएको हो । चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा उक्त वृक्षारोपणको शुभारम्भ गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update