Aarthikaina
फ्लोरिकल्चर एसोसिएसनले चैतमा चार दिने पुष्प मेला गर्दै
Manakamana Cable Car

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको काठमाडौंको भृकुटीमण्डपमा आगामी चैत १ गतेदेखि ४ गतेसम्म गरी चारदिने पुष्प मेला आयोजना गर्ने भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित चैतमा ‘२५औँ फ्लोरा एक्स्पो २०८०’ लाग्ने भएको हो । 

फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न पुष्प नर्सरी/फर्म/संघ संस्थाहरू गरेर ७३ वटा स्टल रहनेछन् । प्रदर्शनीमा करिब चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुने आयोजकले जनाएको छ । 

फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो बीउ बिजन, ग्रिनहाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सूक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीलगायतका प्रदर्शनी हुनेछ । सो मेला बिहान १० बजेदेखि साँझ ०५:३० अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update