Aarthikaina
पिस प्वाइन्ट कप फुटबल शुक्रबारदेखि

काठमाडौं । पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबरदेखि हुने छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले जानकारी गराइन् ।

Manakamana Cable Car

विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा ३६१ डिग्री र पेपे पिज्जा रहेका छन् । सह–प्रायोजकमा भाटभटेनी सुपर मार्केट, एस मिडिया, जेन्ट्स पार्क, क्रन्ची फ्राइड चिन, पेपर क्लाउड, केलोग्स, ललितपुर सिटी एफसीलगायत छन् ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु सानोगौचरणमा हुनेछ । विगतका पाँचै संस्करणको उपाधि आयोजक पिस प्वाइन्टले नै जितेको छ । फाइनल फागुन १६ गते हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update