Aarthikaina
आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा.रामकुमार फुयाल, सचिव डा.तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराईलगायतको टोली रहेको छ । बैंककास्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेबुअरी २० देखि २३ सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update