Aarthikaina
उत्कृष्ट उपकुलपति र रजिष्ट्रारलाई सम्मान

काठमाडौं । कलेज रिडर्स म्यागजिनले यस वर्षको उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रारहरुलाई ‘नेपाल एजुकेसन अवार्ड २०२४’ बाट सम्मान गरेको छ । कलेज रिडर्सद्वारा आयोजित ‘विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान’ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रारहरुलाई सम्मान गर्नुको साथै अवार्ड प्रदान गरेका थिए । 

कलेज रिडर्स म्यागजिनले यस वर्षको उत्कृष्ट उपकुलपतिमा नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालयलाई चयन गरेको छ भने उत्कृष्ट रजिष्ट्ररमा डा.तिलकराम आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालय चयन गरेको छ । त्यसैगरी, प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरमा उपकुलपति प्रा.डा.भोला थापा काठमाडौं विश्वविद्यालय र प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरमा रजिष्ट्रार प्रा.डा.दीपकबहादुर भण्डारी पोखरा विश्वविद्यालयलाई चयन गरेको छ । 

Manakamana Cable Car

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले विद्यार्थीहरु पढ्नको लागि विदेश गइरहेको कुराप्रति चिन्ता व्यक्त गर्दै विश्वविद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने र नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने खालको शिक्षा प्रणाली बनाउनुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा स्थापित मेडिकल कलेजहरुमा भारतबाट धेरै विद्यार्थी पढ्न आएको चर्चा गर्दै अन्य विषयमा पनि विदेशबाट पढ्न आउने वातावरण बनाउनुपर्नेमा ध्यान दिनुपर्ने बताएका थिए । 

उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मूल्यांकन समितिले निश्चित मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो । कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलले हरेक वर्ष कलेज रिडर्स संस्थाले उत्कृष्ट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्ररलाई सम्मान गर्दै आएको जानकारी गराए । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update