Aarthikaina
एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार, १५ दिन सेवा बन्द हुने
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा आज फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ । मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । 

कम्पनीका अनुसार यस समयावधिभित्र सबै ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन् । पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ । साथै, आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले पारामाउन्ट मोटर्स यस मर्मतसम्भार अवधिमा आफ्ना ग्राहकहरूको बुझाइ र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ भने यी सुधारहरूले अन्ततःएमजीसँगको अनुभवमा ठुलो योगदान पुर्याउने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update