
काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहाललाई १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।
दाहाललाई आयोजकको तर्फबाट पूर्व घोषित निर्णय बमोजिम मोटरसाईकल सहित सम्मान गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।
संघले प्रतियोगिताको सुरुवात गर्दानै पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग प्रतियोगिताको र्याङ्किग तर्फ लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाईकलले सम्मान गरिने घोषणा अनुरुप पिन्सलाई यस संस्करणमा सम्मान गर्न लागिएको हो ।
बिश्व ब्याडमिन्टन जुनियरमा शिर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शिर्ष १ मा रहेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र १२ औं संस्करणमा विजय हात पार्न सफल भएका थिए ।