Aarthikaina
मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र बहादुर घर्ती मगरले विश्व वरियता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदैछ । ओलम्पिक, विश्व च्याम्पियनसिप र ठुला प्रतियोगिता खेलिसकेका खेलाडी समेतको सहभागिता रहने प्रतियोगितामा २ हजार १ सय ४० खेलाडीको सहभगिता रहने तेक्वान्दो रेफ्रि जगन अधिकारीले जानकारी गराएका छन् ।

Manakamana Cable Car

यसअघि मगरले क्यानडामा भएको क्यानडा ओपन विश्व वरीयता जी–२ मा सहभागिता जनाएका थिए । मगर सिधै क्यानडा बाट युएसए गएका हुन । उनले २०२२ मा युएसएको मिचिगन सिटिमा आइओएफटिसी को आयोजनामा सम्पन्न भएको  १३ औ अन्तर्राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएका थिए ।

तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर मगर बिगत आठ बर्ष देखी युएईको आबुधाबी स्थित बारुदी स्पोर्टस क्लबमा प्रशिक्षकको रुपमा कार्य गर्दै आईरहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update