Aarthikaina
तेर्हौं पुष्पलाल स्मृती र्याङ्किग ब्याडमिन्टन अर्को साता

काठमाडौं । तेर्हौं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेश्रो साता हुने भएको छ ।

खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म संचालन हुनेछ । नेकपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाण्डौको महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

Manakamana Cable Car

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गर्ल्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथीको स्पर्धाका साथ यस पटकको प्रतियोगितामा यु–१३ को ब्वाई र गल्र्स एकलको थप विधा समावेश गरिएको छ ।

ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार रासी ७ लाख २३ हजार रहेको छ । शिर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् । दुई समूहका शिर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । बिजयी खेलाडीले नगद ५० हजार, उपबिजयीले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

प्रतियोगितामा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शिर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update