Aarthikaina
ग्रिनफिल्डलाई वेस्टर्न रिजन बास्केटबलको उपाधि

काठमाडौं । ग्रिनफिल्डले वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले एडमार्कलाई १००–२३ को फराकिलो अन्तरले पराजित गर्यो । विजेताका सशान्त कार्कीले ३५ अंक जोडेका थिए ।

काठमाडौं भ्याली तेश्रो बन्यो । ग्रिनफिल्डका सोनाम साङबु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर १ सय ३७ स्कोर गरेका ग्रिनफिल्डका सशान्त कार्की सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका थिए ।

Manakamana Cable Car

वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित अन्य प्रतियोगिताअन्तर्गत टग अफ वारको पुरुषमा जुबिलियन्ट पहिलो र एडमार्क दोश्रो भएका थिए। सो स्पर्धाको गर्ल्समा ग्रिनफिल्ड पहिलो र एडमार्क दोश्रो बने ।

ब्वाइज फुटसलमा काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले स्वर्ण, नेपाल काष्ठमण्डपले रजत र क्यापिटल हिलले कांस्य जिते । भलिबलको ब्वाइजमा केसीसीएस पहिलो, एडमार्क दोश्रो र जुबिलियन्ट तेश्रो भए । गर्ल्समा ग्रिनफिल्डले उपाधि जित्यो । कामना दोश्रो र केसीसीएस तेश्रो बने ।

विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष एवं काठमाडौं भ्यालीका अध्यक्ष डा. सौगात श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update