Aarthikaina
अर्किड कपमा कौटिल्यलाई सफलता

काठमाडौं । कौटिल्यले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार सफलता हात पारेको छ ।

कौटिल्यले प्रीतिमालाई ३–० गोलले पराजित गर्यो । कौटिल्यका अनिश खड्काले २ तथा सुमन लामाले १ गोल गरे । प्रीतिका श्रीसब डोटेल ‘म्यान अफ द म्याच’ घोषित भए ।

Manakamana Cable Car

काँडाघारीस्थित अर्किड प्युपल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा मिलन धर्मस्थली र युनाइटेड युनिभर्सल विजयी भए ।

मिलन धर्मस्थलीले विद्या आर्जनलाई १–० गोलले हरायो । अर्नव घलेले निर्णायक गोल गरे । विद्या आर्जनका युसन खड्का ‘म्यान अफ द म्याच’ चुनिए । न्यु स्टार पोल विरुद्धको खेलमा युनाइटेड युनिभर्सल २–० गोलले विजयी भयो ।

विजयी टिमका लागि सफल बुढाथोकीले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । न्यु स्टारका योयल मल्ल ‘म्यान अफ द म्याच’ बने । सोमबार ७ खेल हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update