Aarthikaina
कीर्तिपुरको विजयी सुरुआत

काठमाडौं । आयोजक कीर्तिपुर नगरपालिकाले यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित कभर्डहलमा कीर्तिपुरले बुटवल उपमहानरपालिकालाई १००–७३ ले पराजित गर्यो । विजयी टिमका लागि आशिष थापा मगरले २१ अंक जोडे ।

Manakamana Cable Car

प्रतियोगिताको युवा तथा खेलकुद पूर्व मन्त्री राजेन्द्र केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update