Aarthikaina
आयोजक लोयल्टीको दोहोरो जित

काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।

मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले उद्घाटन खेलमा सिद्धार्थ बनास्थलीलाई २–० गोलले पराजित गर्यो । ‘म्यान अफ द म्याच’ विंगु थापाले २ गोल गरे । अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यालाई ९–० को फराकिलो गोलअन्तरले सहजै हरायो । विंगु थापाले ५, साहिल राईले ३ र यसुप खनालले १ गोल गरे । काभ्याका सुप्रिम केसी ‘म्यान अफ द म्याच’ घोषित भए । दोहोरो जितसंगै लोयल्टी ‘बी’ को क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको  छ ।

Manakamana Cable Car

चेल्सी वल्र्ड स्कुलले मनास्लुलाई २–० गोलले पाखा लगायो । चेल्सीका दर्शित थापा र शंकर शेर्पाले समान १–१ गोल गरे । मनास्लुका निश्चल अधिकारी ‘म्यान अफ द म्याच’ चुनिए । रिलयान्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ बनस्थलीबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्दै विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताए ।

लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखि खेलकुदसंगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको बताए ।

लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार केदार ढुंगाना, वडा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १३ टिम सहभागी छन् । सोमबार समूह चरणका ६ खेल हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update