Aarthikaina
फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँतसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

शिविरमा तीन सय जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । नि:शुल्क स्वास्थ्य शिविरमा नि:शुल्क औषधी समेत वितरण गरिएको थियो भने अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ । प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरुसँगै सो क्षेत्रका स्थानीयहरुको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो । 

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको बैंकको इजाजत प्राप्त फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई वित्तीय पहुँच स्थापित गर्न अग्रसर छ । करिब तीन लाख महिलाहरुलाई आर्थिक सशक्तिकरणको अभियानमा जोड्दै आएको फरवार्डले वित्तीय साक्षरता, सीपमूलक तालिमहरु प्रदान गरेर महिलाहरुमा विना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update