Aarthikaina
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो कीर्तिमान

काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेन्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान बनाएका हुन् ।

आयुषलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो। नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्स इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

Manakamana Cable Car

आयुषले वासिङ्टनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एन्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोरअन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन् ।

प्रतियोगिता फेब्रुअरी ९ र १० मा भएको थियो। आयुषले क्वालिफाइङ राउन्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउन्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

अमेरिकाको सिटी स्पिड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका आयुषले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए । ६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान तोड्न पाउँदा खुसी लागेको आयुषले बताए ।

धावक आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update