Aarthikaina
काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ हुँदै 

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने उक्त प्रदर्शनी राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । 

1-(1)-1707972476.jpg
प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका एक सय ७० भन्दा बढी चित्रहरु राखिने छन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने आयोजकको विश्वास रहेको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

1-(4)-1707972473.jpg
गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एक सय नौ वटा जिवन्त चित्रहरु (लाइभ) समेत कोरिएको थियो । उक्त प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुनलगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए । 

1-(2)-1707972478.jpg
प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका सम्मानित नेताहरु, कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी–व्यवसायी, लेखकलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने कार्यतालिका समेत रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update