Aarthikaina
चावहिल जुत्ताचप्पल मेलामा एक करोडबढीको कारोबार, मेला फागुन १८ गतेसम्म चल्ने
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् भने मेलामा एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल जुत्ताचप्पल उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेका अनुसार नेपाल जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरू भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन १ गतेसम्म उक्त संख्याले अवलोकन गरेको र एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको बताएका हुन् ।

त्यस्तै, नेपाल जुत्ताचप्पल उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपालीले उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए । जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाइन राखिएको छ । उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । 

फागुन १८ गतेसम्म चल्ने मेलामा तीन करोड रूपैयाँ बराबरको जुत्ताचप्पल बिक्री हुने लक्ष्य राखिएको छ भने मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update