Aarthikaina
पहिलोपल्ट मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता 

काठमाडौं । पहिलो पल्ट नेपालको मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेको छ । विगत दुई दशकभन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले गत माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन् ।

मनोविद् भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् । उनी आफ्नो समय अटिजम भएका बालबालिकाको थेरापी, शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउने गर्छिन् । 

Manakamana Cable Car

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइबीसीसीइएसले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ । उक्त बोर्डले  अमेरिकाका सरकारी अधिकारीहरू, विशेषज्ञहरूका साथसाथै संसारभरीबाट मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ ।

यसअघि नेपाललाई मापदण्डमा नराखेको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो ।

certificate-1707914352.jpg

विश्वका धेरै क्षेत्रमा नेपाल देश भनेर समेत नचिनेको र नसमेटेको अवस्थामा मनोविद्ले पाएको उक्त मान्यताले देशको नाम राखेको संयोजक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाहले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update