Aarthikaina
फुडमान्डुको भ्यालेन्टाइन डे कन्टेस्ट
Manakamana Cable Car

काठमाडौं । फुड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ । यस कन्टेस्टअन्तर्गत फुडमान्डमार्फत फूड अर्डर गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत छनोट गरि हरेक दिन पाँच जना विजेताहरू छानिने छन् ।

विजेताहरूलाई मिनिसो, केटीएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताहरू दैनिकरूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा हुन्छन् र फुडमान्डुको अफिसबाट गिफ्ट ह्याम्परहरू संकलन गर्न सक्नेछन् । यसका साथै ग्राहकले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरू समेत प्राप्त गर्न सक्नेछन् ।

फुडमान्डुले विभिन्न बैंक र वालेटहरूसँगको सहकार्यमा ग्राहकलाई विभिन्न क्यासब्याक अफरहरू समेत प्रदान गर्नेछ । फागुन २ गतेसम्म लागू हुने यस अफरहरूमा सहभागी हुनको लागि फुडमान्डुको वेबसाइट वा फुडमान्डुको एपमार्फत फुड अर्डर गर्न सकिनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update