Aarthikaina
सेब बास्केटबलमा स्किब्स र बीएनए विजयी

काठमाडौं । स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।

सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले पिपुल्स एकेडेमीलाई १५–१० ले पराजित गर्यो । स्किब्सको जितमा राहुल राना मगरले ७ अंक योगदान गरे । सुशान्त मगरको १० अंक सहयोगमा बीएनएले आयोजक सेबलाई २७–२० ले हरायो ।

Manakamana Cable Car

अन्य खेलमा इबीएले सेबलाई ४१–३८, भ्याली पब्लिकले श्री सत्य साइलाई १६–१४ र जीवन ज्योतिले भ्याली पब्लिकलाई १३–९ ले पाखा लगाए । इबीएका आदित्यले २३, भ्याली पब्लिकका आलोकले ४ र जीवन ज्योतिका अनमोलले ४ स्कोर गरे ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update