Aarthikaina
एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार सुरुवात

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कप क्रिकेट २०२४ मा विजयी सुरुवात गरेको छ । शनिबार मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको हो । हङकङले जितको लागि दिएको ९४ रनको मध्यम विजयी लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १४ दशमलव १ ओभरमा पुरा गर्यो । 

नेपालको पहिलो जितमा कप्तान इन्दु वर्माले सर्वाधिक ४० रन बनाईन् । सिता राना मगरले नटआउट ३६ रनको योगदान गरिन् । ओपनर कविता कुँवरले ४ रन बनाउँदा रुबिना क्षेत्री शुन्य रनमै नटआउट रहिन् । हङकङका इकरा साहर र चान रा मानले समान एक एक विकेट लिएका थिए ।

Manakamana Cable Car

त्यसअघि, पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । चान का याङले सर्वाधिक २१ रन बनाएकी थिईन् ।  नेपालकी पुजा महतो र रुबिना क्षेत्रीले समान दुई दुई विकेट लिए । सिता राना मगर र कबिता जोशीको नाममा एक एक विकेट रह्यो ।

नेपाल प्रतियोगिताको समूह 'डी' मा रहेको छ । पहिलो जित सहित नेपालले समूहमा दुई अंक जोडेको छ । नेपाल रहेको समूहमा भुटान, हङकङ, माल्दिभ्स छन् । प्रतियोगिताको शीर्ष दुई टिमले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update