Aarthikaina
हङकङविरुद्ध नेपाल टस जितेर फिल्डीङ गर्दै

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा हङकङविरुद्ध टस जितेको छ । सेलांगर क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर फिल्ड गर्ने निर्णय लिएकी हुन् ।

नेपाली टोलीमा पुनरागमन गरेका अलराउन्डर कविता कुँवर र कविता जोशी साथै ब्याटरद्वय डली भट्ट र अप्सरी बेगमले प्लेइङ-११ मा स्थान बनाएका छन् । टोलीको उपकप्तान रहेकी विन्दु रावल भने बेन्चमा छिन् ।

Manakamana Cable Car

हङकङविरुद्ध नेपालको प्लेइङ ११:

इन्दु वर्मा (कप्तान), सिता रानामगर, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, सम्झना खड्का, रोमा थापा, पुजा महतो, रुविना क्षेत्री, कविता कुँवर

बेन्चमा : विन्दु रावल, अश्मिना कर्माचार्य, संगीता राई

नेपाल रहेको समूह डी मा भुटान, माल्दिभ्स र हङकङ छन् । कुल १६ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष २ टोली क्वाटरफाइनलमा जानेछन् ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update