Aarthikaina
नेपाल इटालियन चेम्बरद्वारा निवर्तमान अध्यक्ष ढकालको सम्मान र बिदाइ 
Manakamana Cable Car

काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकाललाई सम्मानका साथ विदाई कार्यक्रम आयोजना गरेको छ । ढकालको गरेको सेवालाई स्मरण गर्दै उक्त विदाई कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरूलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा कृतज्ञता व्यक्त गरे । अध्यक्ष सञ्जय अग्रवालले चेम्बरको मूल्य मान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भूमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरे ।

सो अवसरमा तत्कालिन निवर्तमान अध्यक्ष ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदायप्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिए । एनआईसीसीआईले तत्कालिन निवर्तमान अध्यक्ष ढकाललाई बिदाइ गरेपछि चेम्बरले उनको मूल सिद्धान्तलाई अघि बढाउने, नयाँ अवसरहरूलाई अँगाल्ने तथा नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने मिशनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update