Aarthikaina
कोका–कोला नेपालको ५०औँ वार्षिकोत्सव

काठमाडौं । कोका–कोला नेपालमा सञ्चालन भएको ५०औँ वर्ष पुगेको छ । कम्पनीले आफ्नो ५०औँ वार्षिकोत्सव एक विशेष कार्यक्रम गरी मनाएको छ । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको कम्पनीले जनाएको छ ।

काठमाडौँ र चितवन गरी कोका–कोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन् । देशभर एक लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले एक हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारी प्रदान गरेको छ भने पाँच हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एनएन सिंहले लजिस्टिक र संस्थागत संरचना पूर्णरूपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती रहेको बताए । हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको उनको भनाइ छ ।

Manakamana Cable Car

५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोका–कोलाले ‘कोका–कोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्न लागेको छ । सो प्रतियोगितामा विभिन्न प्रश्नको जवाफ दिएर ‘लक्की ड्र’मार्फत आकर्षक उपहारहरू जित्ने मौका पाइनेछ । खल्ती एपमार्फत क्विजमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

Deepak-Nath-Senthil,-Managing-Director-of-Bottlers-Nepal-Limited-and-Chandrika-Kalia,-Head-of-Coca-Cola-Nepal-and-Bhutan,-at-the-grand-launch-ceremony-of-Coke-Buddy-app.-1706674558.jpg

कोका–कोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले कोका–कोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको बताइन् । युनाइटेड ब्रुअरिज लिमिटेडमा विभिन्न भूमिकाहरूमा १५ वर्षभन्दा बढी समय बिताएकी चन्द्रिका कालिया हालै कोका–कोलामा आबद्ध भएकी हुन् ।

कोका–कोलाले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको जनाएको छ । कम्पनीले भूकम्पको समयमा ‘फेरि उठ्ने छ नेपाल’ तथा कोभिड–१९ महामारीको बीच ‘स्टप द स्प्रेड’जस्ता प्रभावकारी एवम् सफल अभियानहरू सञ्चालन गरेको थियो ।

Beverage-Nepal-first-manufacturing-unit-launch-ceremony.-1706675222.jpg
कोका–कोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले नेपालमा कोका–कोलाले पेय पदार्थहरू मात्र बिक्री नगरेर रोजगारी सिर्जना गर्दै समुदाय एवम् राष्ट्रकै बृहत् आर्थिक सेवामा प्रतिबद्ध भएर लागेको बताए । उनका अनुसार महिलाहरूलाई उद्यमशीलतासम्बन्धी शिक्षा र तालिम दिने ‘सक्षम’ कार्यक्रममार्फत् कोका–कोलाले नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको छ ।

Sales-Campaign-1998.-1706674563.jpg

कम्पनीका अनुसार कोका–कोला र एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा सक्षमले पछिल्लो दुई वर्षमा नेपालभर दुई हजारभन्दा बढी महिलालाई सशक्तीकरण गरिसकेको छ । साथै, कोका–कोलाले ग्लोबल प्रालिसँगको साझेदारीमा ‘युथ डाइलग’ कार्यक्रमअन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयहरूसँग युवाको समग्र विकास तथा सशक्तीकरणमा पहल गरेको छ । कोका–कोलाले प्रत्येक वर्ष नेपालीहरूको चाडपर्वको अवसरमा विभिन्न उपहार योजनाहरू सार्वजनिक गर्ने गरेको छ ।

कोका–कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्लु डब्लु एफ, माइती नेपाल, डब्लु एच आर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयरलगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको जनाएको छ ।

Inauguration-of-Coca-Cola-Beverage-Nepal-first-manufacturing-unit.-1706674557.jpg
साथै, जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोका–कोला फाउन्डेसनले सहयोग गरेको छ । कोका–कोलाले नेपाली हिम–शृङ्खलाहरूको सरसफाई एवम् संरक्षणमा पनि अटल भूमिका खेलेको जनाएको छ । विगत तीन वर्षदेखि कोका–कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रियरूपमा सहयोग गर्दै आएको छ । नेपालमा कोका–कोला कम्पनीको कोका–कोलालगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जडजस्ता पेय पदार्थहरू उपलब्ध रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update