सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण

काठमाडौं । ब्याटल अफ द ड्रागन्स च्याम्पियनसिपमा उमा कुङ फुका सिद्धार्थ लामा तामाङ र संजीतकुमार राईले स्वर्ण जितेका छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगितामा सिद्धार्थले कुङ फु ताइचीमा ९.१ अंक जोड्दै स्वर्ण जितेका हुन् ।
उनले कुङ फु वेपनमा भने रजत हात पारे । उक्त स्पर्धामा सिद्धार्थले ८.७ अंक जोडेका थिए । संजीतले कुङ फु क्रिएटिभ फर्ममा स्वर्ण चुमे । उनले ८.९ अंक जोडेका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० ०९:१६
प्रतिक्रिया दिनुहोस्